insert text here

Web Search

नेपालको चिनारी दिने समेबजी जात्रा “भोज” जापानमा पनि

सेप्टेम्बर १३, फूनाबासी , चीवा

विगत केहि वर्ष यतादेखि आफ्नो छुट्टै पहिचान बनाउन प्रयन्तरत संस्था हातेमालो समाजले टोकियोको छिमेकी प्रिफेक्चर चीबामा आफ्नो स्थापनाकालको स्मारण गराउने उद्देश्यले हरेक वर्ष नेपालको राजधानी काठमाडौंमा मनाउदै आईरहेको नेपालको प्रसिद्द पर्व ईन्द्रजात्राको अवशर पारेर जापानमा यसपाली पनि पाचौं समेबजी अर्थात देवताको प्रसाद खाने कार्यक्रम धुमधामका साथ सम्पन्न गरेका छन् ।

नेपालमा आफ्नै विशेषता बोकेको यस प्रकारका चाडपर्वको चिनारी कार्यक्रम संगसँगै बार्षिक ३ वटा ठूला कार्यक्रम क्रमश: हातेमालो दिवश “ BBQ, Outdoor ” (मे महिना), हातेमालो समाज “समेबजी प्रोग्राम” (सेप्टेम्बर महिना), हातेमालो फेस्टिबल “ Indoor program ”(जनवरी महिना) लाई विशेष महत्व दिएर संचालन गर्दै आएको छ। स्मरण रहोस हातेमालो समाजको उद्देश्य पारिवारिक बातावरणमा सबैको सहभागितालाई प्राथमिकता दिएर मुनाफा रहित सकेसम्म सस्तोमा सांस्कृतिक आदानप्रदान कार्यक्रम प्रस्तुत गर्नु नै हो।

यसपालीको कार्यक्रममा बालबालिका (प्राथमिक तहदेखि मूनिका) बाहेक टोकियो, कानागावा, साईतामा क्षेत्रमा बसोबास गरिरहेका नेपाली तथा जापानी सहभागी संख्या ५३ जना रहेको थियो । नेपाली रेस्टुरेण्टहरुमा पाउन मुश्किल हुने बिशेष किसिमको समेबजी को परिकारको स्वाद लिन पाउँदा जापनी साथीहरू पनि निकै हर्षित देखिन्थे। यस कार्यक्रमको लागि आवश्यक चिउराको ब्यवस्था गर्ने काम हातेमालो समाजका जापानी सदस्यले सहयोग गर्नु भएको थियो ।

हातेमालो समाजको सदस्यहरूमा बिबाहितहरू नै धेरै देखिन्छ। त्यसमध्ये पनि बालबच्चा हरू भएका हरूनै धेरै छन्। यस प्रोग्राममा दूधे बालबालिका लगायत प्राथमिक कक्षामा अध्ययनरत विद्यार्थी भन्दा मूनीको बालबच्चा हरू १३ जनाको सहभागिता रहेको छ। बालबच्चाहरू लिएर सपरिवार सहभागी हुन सक्ने किसिमले हातेमालो समाजले खाना बनाएर खाने हल बाहेक पनि बच्चाहरू उफ्रन खेल्न मिल्ने अन्य कोठाको पनि ब्यवस्था गर्ने तिर ध्यान दिएको छ। बच्चा हरूले साथीहरू पाएर स्वतन्त्र रूपमा खेल्न उफ्रन पाउँदा घरमा भन्दा अर्कै किसिमको उज्यालो मुख देख्न सकिन्छ, एक परिवारको आमाले भन्नु भयो।

कार्यक्रममा सहभागी हरूलाई आर्थिक भार नपरोस् भन्ने हेतुले हातेमालो समाजले हर समय सस्तो बाटोलाई चुन्ने गरेको छ। यस पटक पनि हातेमालो समाजको सदस्यलाई ८००, सदस्य बाहेकलाई १०००, प्राथमिक तह तथा त्यस भन्दा मूनीका बालबालिका लाई नि:शुल्क, नेपालबाट जापान भ्रमणमा आउनु भएका सदस्यका आफन्त हरूलाई ५०० जापनी एन क्रमश: तोकिएको थियो।

हातेमालो समाजले संस्थागत रूपमा जापानमा बसाइ भएका नेपालीहरूलाई मातभूमी को सम्झना दिलाउने, अनि जापानी लगायत बिदेशी हरूलाई नेपालको सांस्कतिक परिचय दिलाउने प्रयत्न स्वरूप मासिक रूपमा नेपाल सम्बन्धि विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ। त्यसमध्य बर्षको ३ वटा कार्यक्रम क्रमश: हातेमालो दिवश (मे महिना), हातेमालो समाज समेबजी प्रोग्राम (सेप्टेम्बर महिना), हातेमालो फेस्टिबल (जनवरी महिना) लाई विशेष महत्व दिएर संचालन गर्दै आएको छ। स्मरण रहोस हातेमालो समाजको उद्देश्य पारिवारिक बातावरणमा सबैको सहभागितालाई प्राथमिकता दिएर मुनाफा रहित सकेसम्म सस्तोमा सांस्कतिक आदानप्रदान कार्यक्रम प्रस्तुत गर्ने हो।

कार्यक्रमको बिबरण
०९:०० किनमेल,
१०:०० खाना पकाउने तयारी
१४:०० अध्यक्षबाट स्वागत भाषण
१४:०५ थकाली बाट खान्पाई
१४:०६ समेबजी खाना खाने
१४:१० संयोजकबाट समेबजी मेन्युको बारेमा जानकारी
१४:१५ खाना खाँदै इन्फोरमेशन आदानप्रदान
१७:०० समापन
१८:०० दोश्रो जमघट कार्यक्रम

२००६ सालमा स्थापना भएको हातेमालो समाजको लागि समेबजी प्रोग्राम धेरै नै महत्वपूर्ण छ। किनभने २००५ सालमा इन्द्रजात्रा को समयमा ब्यक्तिगत घरमा समेबजी खाने गरी नेपालीहरूको जमघट भएको थियो। त्यही जमघटले एउटा संस्थाको आवश्यकता लाई जोड दिएर हातेमालो समाजको स्थापना को लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो। त्यसपछि प्रत्येक बर्ष इन्द्रजात्रा को समयमा हातेमालो समाजले समेबजी प्रोग्रामको आयोजना गर्दै आएको छ। अहिले सम्म आयोजना गरिएको समेबजी प्रोग्राममा यस पटक को प्रोग्राम निकै सफल भएको आयोजकले जानकारी दिनुभएको छ। हातेमालो समाजको अध्यक्ष प्रचण्ड मणि वज्राचार्य ले आफ्नो स्वागत भाषणको सिलसिलामा हातेमालो समाजको लागि समेबजी प्रोग्रामको महत्वलाई प्रकाश पार्दै हामीले मेडियामा कार्यक्रमको प्रचार गर्न नसकेतापनि धेरै जनाको सहभागिताको लागि खुशी ब्यक्त गर्नु भयो।

कुनैपनि सामुहिक कार्य एकल रूपमा गर्न नसकिने कुरा मनन गर्दै हातेमालो समाजले मासिक कार्यक्रमको संयोजक निर्धारण गर्ने गरेको छ। त्यसै अनुरूप यो महिनाको कार्यक्रमको संयोजक गौतम महर्जन परिवार तोकिएको थियो। समेबजी प्रोग्रामको आयोजनाको रूपरेखा सबै महर्जन परिवार लाई जिम्मा दिइएको थियो। उहाँले पनि आफ्नो जिम्मा को काम पूरा गर्न हर प्रयास गर्नु भएको बताउनु भएको छ। आजको लागि ६ किलो चिउरा, ०।५ किलो स्या:बजी, कालो भटमास नेपालबाठ झिकाएं। एक दिन अगाडिदेखि साथिहरूको सहयोगमा किनमेल गरि तयार पारें। अनि आज पनि बिहान ९ बजेदेखि साथिहरूको सहयोग लिई बन्दोबस्त गरेको छु।

फेरी, धेरैलाई खाना पकाउने काम एक परिवारले मात्र गर्नु मुस्किल हुने कुरालाई मनन गरी हातेमालो समाजले संस्थाका सदस्य हरूलाई नेपालमा गुठी ब्यवस्था जस्तै ब्यक्तिगत फाइदालाई नहेरी एकआपसमा सहयोग गरी कार्यक्रमलाई सफल पार्न जोड दिंदै आएको छ। यसपटक नेपालबाट जापान भ्रमणमा आउनु भएका आमा बुबा तथा दाजुभाइ दिदीबहिनी हरू पनि बिहान छिटै समयदेखि सहभागी हुनु भई समेबजी तयार पार्न सहयोग गरिदिनु भयो। महर्जन ज्यूले आफ्नो दुई शब्द प्रस्तुत गर्ने क्रममा ठूलो कार्यक्रमको आयोजना गर्दा, त्यसमा पनि खाना बनाउने कार्यक्रममा तयारी मात्र पनि धेरै नै गाह्रो छ। धेरैजनाको सहयोगले आज समयमै खाना तयार पार्न सकेका छौं। हिजोदेखि, आज बिहानदेखि सहयोग गरिदिनु हुने सबै साथिहरू, नेपालबाट पाल्नुभएका बुबाआमा, तथा दाजुभाइ दिदीबहिनी हरूलाई धेरै धेरै धन्यबाद ब्यक्त गर्न चाहन्छु। महर्जन ज्यूले दिनु भएको समेबजीको मेन्यु को बिबरण अनुसार आज निम्न परिकारको तयारी भएको थियो।

१ चिउरा
२ स्या:बजी
३ कालो भटमास
४ बोडी
५ लसुन
६ सना: अचार
७ आलु तरकारी
८ अण्डा
९ बारा(वो: )
१० छोयला:
१९ हरियो साग
१२ मूला काँक्रो को अचार

यस कार्यक्रममा ५ जना जापानी साथीहरूले सहभागिता जनाएको थियो। नेपाली रेस्टुरेण्ट मा नपा़उने बिशेष किसिमको समेबजी को परिकारको स्वाद लिन पाउँदा जापनी साथीहरू पनि निकै हर्षित देखिन्थे। यस कार्यक्रमको लागि आवश्यक चिउराको ब्यवस्था गर्ने सिलसिलामा जापानीले पनि सहयोग गर्नु भएको थियो, संयोजक महर्जनले भन्नु भयो।

यसपालिको कार्यक्रममा हातेमालो समाजको उद्देश्य झण्डै प्राप्ति भएको। यसरी नै अब आउने प्रोग्राम हरूमा पनि हातेमालो समाजको उद्देश्य प्राप्तिको लागि धेरै भन्दा धेरै साथीहरूले आफै सक्रिय भइ भाग लिन सकिने पारिवारिक बातावरण तयार गरी कसैलाई ठूलो आर्थिक भार नपर्ने गरी नेपालको सांस्क्रितिक परिचय दिने कार्यक्रम हरूको आयोजना गर्दै जाने प्रयत्न गर्नेछौं, संयोजकको भनाइ थियो।

कार्यक्रम ठीक १४:०० बजे शुरू भई १७:०० समापन भएको थियो। १८:०० पछि दाल भात तरकारी पकाएर दोश्रो जमघट कार्यक्रमको ब्यवस्था गरी कार्यक्रमको राम्रो पक्ष, नराम्रो पक्षको बारेमा पनि छोटो कुराकानी गरिएको थियो।

हातेमालो समाजको अर्को कार्यक्रम अक्टोबरको बीचतिर हुने जानकारी पनि यसैसाथ अवगत गराइन्छ। सम्पर्क: हातेमालो समाज

चिबाकेन फुनाबासि शि होन्गोउ च्योउ

निर्मल बज्राचार्य (०९०-९१०१-८६८१) गौतम महर्जन (०९०-९८२२-१७४०)


insert text
RSS 2.0




-->





-->





insert text

insert text